Khabar Samachar

कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति भएर शीतलनिवास जानेछन् : महामन्त्री विश्वप्रकाश शर्मा

209
VIEWS

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपति हुने बताएका छन् ।

बुधबार सभामुख पदका लागि ईश्वरी न्यौपानेको मनोनयनपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै महामन्त्री शर्माले सो कुरा बताएका हुन् ।

“अहिले धेरै टिप्पणी गर्न जरुरी छैन । किनभने, अहिले सभामुखको निर्वाचनको समय हो । त्यसपछि राष्ट्रपतिको विषयमा कुरा हुनेछ,” उनले भने, “फरक ढंगले हामी गइरहेका छौँ । केही समयपछि शीतलनिवासमा कांग्रेसले प्रस्ताव गरेको व्यक्ति राष्ट्रपतिका रूपमा देख्नुहुनेछ ।”

‘वर्तमान सत्ता गठबन्धन भत्कन्छ वा कसरी राष्ट्रपति कांग्रेसको प्रस्तावको व्यक्ति निर्वाचित हुन्छ ?’ भन्ने प्रश्नमा उने सबै कुरा बताउने समय नआएको जवाफ दिए ।

केही दिनअघि नेकपा (माओवादी केन्द्र) र कांग्रेसका नेताहरूबीचको छलफलपछि कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई विश्वासको मत दिएको थियो । त्यसयता कांग्रेस नेताहरूले माओवादीसँग राष्ट्रपतिमा सहमति भएको बताउँदै आएका छन् । माओवादी नेताले भने त्यो विषयमा नबोल्ने वा खण्डन गर्ने गरेका छन् ।

उनले अहिलेको संसदको शक्ति सन्तुलन र प्रधानमन्त्रीले पनि सबैलाई मिलाएर लैजाने प्रतिबद्धताका आधारमा राष्ट्रपतिमा कांग्रेसका उम्मेदवार निर्वाचित हुने विश्वास व्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित