सुर्खेतमा गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ।
सुर्खेतको भेरीगंगा नगरपालिका छिन्चुबाट वीरेन्द्रनगरतर्फ आउँदै गरेको बा. प्र ०१०२६ च ९२१३ नम्बरको डबल क्याप गाडी दुर्घटना हुँदा चालकसहित चारजनाको मृत्यु भएको थियो ।
वीरेन्द्रनगर पुग्नुभन्दा करिब ६ किलोमिटर वर झुप्रानजिक गाडी दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए।
उनीहरू पाँचैजना साथी हुन् । यस्तै, दीपेन्द्रजंग शाही डुगेश्वर गाउँपालिका स्वास्थ शाखा दैलेख, बबिन शाही भगवतीमाई गाउँपालिका स्वास्थ्य शाखा दैलेखमा कार्यरत जनस्वास्थ्य निरीक्षक (छैठौं), र राजेन्द्र बीसी गुराँस गाउँपालिका स्वास्थ्य शाखा दैलेखमा जनस्वास्थ्य निरीक्षक (छैठौं) मा कार्यरत थिए । दुर्घटना परी घाइते भैरवी गाउँपालिका स्वास्थ्य शाखा दैलेखमा कार्यरत जनस्वास्थ्य निरीक्षक (छैठौं) वीरेन्द्रराज शाही रहेका छन् ।
गाडीचालक सागर शाही सुर्खेतमा रारा मेडिसिन डिस्ट्रिब्युटर सञ्चालन गर्दै आएका थिए । उनीहरू कर्णाली प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले शनिबार आयोजना गरेको एचएमआईएस, भीएसआईएस, ईएलएससम्बन्धी तीन दिने समीक्षा गोष्ठीमा सहभागी भएर फकिनेक्रममा दुर्घटनामा परेका थिए ।
बिसी र ठेगाना नखुलेका करिब २७ वर्षीय सागर शाहीको मृत्यु भएको छ।
दुर्घटनामा दैलेखको भैरवी गाउँपालिका–५ का २५ वर्षीय वीरेन्द्रराज शाही घाइते भएका छन्। उनको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ। घाइतेको अवस्था मध्यम रहेको छ।
गाडी सडकबाट करिब ७० मिटर तल खसेको थियो। गए राति साढे २ बजे दुर्घटनाको खबर प्रहरीलाई आएको कार्कीले बताए। ‘घाइतेका अनुसार गाडी अनियन्त्रित भएर दुर्घटना भएको भन्ने छ, खास कारण भने खुलिसकेको छैन,’ उनले भने।
Discussion about this post