Khabar Samachar

Search
Close this search box.

सूर्य नेपाल ‘एनपिजिए म्याच प्ले’ मंगलबारदेखि रोयल नेपाल गल्फ क्लबमा हुँदै

216
VIEWS

सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सिजनको तेस्रो प्रतियोगिता ‘सूर्य नेपाल एनपिजिए म्याच प्ले’ मंगलबारबाट रोयल नेपाल गल्फ क्लबमा हुने भएको छ।

पछिल्लो पूरा सिजन २०२१-२२ को वरीयता अनुसार शीर्ष १६ गल्फरले यस प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्। शीर्ष १६ मा रहेका चार गल्फर अनुपस्थित रहेकाले यसपटक २० औँ वरीयतासम्म रहेका गल्फरले प्रतिस्पर्धा गर्दैछन्।

प्रतियोगिताको विजेताले ६० हजार रुपैयाँ प्राप्त गर्नेछन्। उपविजेताले ४२ हजार, तेस्रो स्थानले ३२ हजार तथा चौँथो स्थान हासिल गर्नेले २४ हजार प्राप्त गर्नेछन्।

क्वाटरफाइनल बाहिरिनेले ११ हजार र पहिलो चरणमै निस्कने गल्फरले ६ हजार पाउनेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित