Khabar Samachar

पाकिस्तानमा यात्रु बस दुर्घटना, कम्तीमा ३९ जनाको मृत्यु

203
VIEWS

पाकिस्तानको बलुचिस्तानमा सवारी दुर्घटना भएको छ। एउटा यात्रु बस सडकबाट खोँचमा खस्दा कम्तीमा पनि ३९ जना यात्रुले ज्यान गुएमा छन्।

आइतवार बिहानै बलोचिस्तानको लास्बेलामा यो डरलाग्दो सवारी दुर्घटना भएको हो।

लास्बेलाका सहायक कमिश्नार हम्जा अन्जुमका अनुसार ४८ जना यात्रु सवार रहेको उक्त बस क्वेटाबाटट्ट कराँचीतर्फ गइरहेको थियो।

‘तीव्र गतिमा रहेको बस लासबेलानजिकै घुम्तीमा मोड्ने समयमा पुलको खम्बा ठोक्किको थियो। पुलको खम्बामा ठोक्किँदै अनियन्त्रित भएको बस खोँचमा खसेपछि आगलागी हुँदा धेरै हताहती भएको हो’, उनले भनेका छन्।

अन्जुमका अनुसरा ज्यान गुमाउनेमा महिला र बालबालिका पनि छन्। घटनास्थलबाट महिलासहित तीनजनालाई जीवितै उद्धार गरिएको छ।

केही बेपत्ता छन्। घाइतेहरुको उद्धार भइसकेको छ। तर केही गम्भीर रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने उनले बताए।

पाकिस्तानी अनलाइन डनका अनुसार १७ वटा शव घटनास्थलबाट निकालि सकिएको छ। संकलित शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित