Khabar Samachar

काठमाडौं महानगरका सबै वडामा निःशुल्क कानुनी सेवा

212
VIEWS

काठमाडौं महानगरपालिकाका सबै वडामा निःशुल्क कानुनी सेवा उपलब्ध हुने भएको छ ।

महानगरकाअनुसार सबै वडा कार्यालयहरुमा कानुनी तथा सामान्य लिखत तयार गर्न, मौखिक रुपमा कानुनी परामर्श सेवा दिन लागेको हो । जसका लागि काठमाडौं महानगर र नेपाल ल क्याम्पस बीच समझदारी भएको छ । ३२ वटै वडामा हेल्प डेस्क सञ्चालन गरेर महानगरले सेवा दिन लागेको हो ।

नेपाल ल क्याम्पससँग महानगरले क्याम्पसमा अध्ययनरत एलएलएम, एलएलबी र बीए एलएलबी तहमा अध्ययनरत विद्यार्थीहरूबाट कार्यालय अवधिभर वडा कार्यालय र केन्द्रीय कार्यालयमा बसेर सेवा दिने गरी समझदारी भएको मेयरको सचिवालयले जनाएको छ ।

समझदारी अनुसार कार्यालयसमय अवधिभरी सेवा दिने विद्यार्थीलाई मासिक १५ हजार रुपैयाँ सुविधा महानगरले उपलब्ध गराउनु पर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित