Khabar Samachar

Search
Close this search box.

चुनावमा कसैसँग गठबन्धन नगर्ने राप्रपा अध्यक्ष लिङ्देनद्वारा स्पष्ट

217
VIEWS

उदयपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनले स्थानीय तहको चुनावमा कसैसँग गठबन्धन नगर्ने स्पष्ट पारेका छन् ।

शुक्रबार उदयपुर सदरमुकाम गाईघाटमा राप्रपाका अध्यक्ष लिङ्देनले उदयपुरद्वारा आयोजित सभालाई सम्बोधन गर्ने क्रममा स्थानीय तहको चुनावमा कुनै दलसँग तालमेल नगर्ने बताएका हुन् ।उनले स्थानीय आवश्यकता र औचित्यका आधारमा प्राथामिकता निर्धारण गरी चुनावी अभियानामा जान सकिने बताए। यधिप चुनावी गठबन्धन गर्ने अहिले पार्टीको त्यस्तो आधिकारिक निर्णय भईनसकेको उनले बताए।

अध्यक्ष लिङ्देनले आवश्यकता हेरी गठबन्धन गर्न सकिने भए पनि अहिलेसम्म आफ्नै बलबुताले लड्ने क्षमता रहेको बताए ।

जनसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले स्थानीय निर्वाचनमा सुशासनको मुद्दालाई मूल विषय बनाउने उल्लेख गरे । उनले देश ३१ वर्ष निकम्माहरुले शासन गर्दा अहिलेको अवस्था आएको आरोप पनि लगाए ।

जनसभामा राप्रपाका केन्द्रीय नेता विक्रम पाण्डे, हरीबहादुर बस्नेत, ज्ञानेन्द्र शाहीलगायतले सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित