Khabar Samachar

उपप्रधानमन्त्री लिङ्देन र नेपालका लागि अमेरिकी राजदुत थम्पसन वीच भेटवार्ता

201
VIEWS

नेपालका लागि अमेरिकी राजदुत डिन आर थम्पसनले उपप्रधान एवं उर्जा जलस्रोत तथा सिंचाई मन्त्री राजेन्द्र लिङ्देनसंग भेट गर्नुभएको छ । उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयमा आज वुधवार भएको भेटमा उहाहरूबीच आपसी सहयोग र चासोका विविध विषयमा छलफल भएको थियो ।
भेटका क्रममा उपप्रधानमन्त्री लिङ्देनले उर्जाको विकाश, प्रशारण र व्यापार आफ्नो प्राथमीकता रहेको उल्लेख गर्दै उर्जाको ट्रान्समिसन लाईन विस्तारमा अमेरीकी सरकारको सहोग रहने विश्वास व्यक्त गर्नुभयो ।
उपप्रधानमन्त्री लिङ्देनले भ्रष्टाचार शून्यको सिद्धान्तमा आफुले काम गर्न चाहेको वताउदै नेपालको आर्थिक तथा सामाजिक विकासमा अमेरीकोको महत्वपूर्ण योगदान रहेको चर्चा गर्नुभयो ।
विगत लामोदेखि अमेरिकाले नेपालको विभिन्ने क्षेत्रमा सहयोग गर्दै आएको प्रसंग उल्लेख गर्दै राजदुत थोम्पासोनले आगामी दिनमा पनि यसलाई निरन्तरता दिने प्रतिवद्धता जनाउनुभयो ।
पूर्वाधार, विकासको मेरुदण्ड भएकोले सरकारको प्राथमीकता पनि पूर्वाधार विकासमै रहेकोले त्यसमा सहकार्य गर्न अफुहरु इच्छुक रहेको उपप्रधानमन्त्री लिङ्देनले वताउनुभयो ।
केही सरकारी निति नियमको कारण विदेशी लगानीमा समस्या आएको देखिए पनि त्यसलाई समय सापेक्ष वनाउदै लगीने उहाको भनाई थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित