Khabar Samachar

उपप्रधानमन्त्री लिङ्देन र नेपालका लागि युरोपियन युनियनका राजदूत डिप्रेजबीच भेटवार्ता

206
VIEWS

उपप्रधानमन्त्री एवं उर्जा जलश्रोत तथा सिंचाई मन्त्री राजेन्द्र लिङ्देन र नेपालका लागि युरोपियन युनियनका राजदूत नोना डिप्रेजबीच भेटवार्ता भएको छ । उर्जा जलश्रोत तथा सिंचाई मन्त्रालयमा आज विहीवार भएको भेटममा उपप्रधानमन्त्री लिङ्देनले नविकरणी उर्जा क्षेत्रमा पुर्याउदै आएको सहयोगको प्रशंसा गर्दै सहयोगको निरन्तरताको लागि आग्रह गर्नुभयो ।
भेटका क्रममा उपप्रधानमन्त्री लिङ्देनले विद्युत उत्पादन, प्रशारण र वजारीकरणलाई प्राथमीकतामा राखेर आफुले काम गर्न चाहिरहेको उल्लेख गर्दै, हरीत ग्यास उत्पादनको विषयमा समेत छलफल भईरहेको जानकारी दिनुभयो । हरीत ग्यास उत्पादनको सम्भाव्यता अध्ययन र निति निर्माणमा हामी छलफलमै छौ उपप्रधानमन्त्री लिङ्देनले भन्नुभयो, “निजी लगानीकर्ता संग सहकार्य गर्ने विषयमा समेत छलफल भईरहेको छ” ।
छिमेकी राष्ट्रलाई विद्युत निर्यात गर्ने विषयमा राजदूत डिप्रेजको जिज्ञासामा उपप्रधानमन्त्री लिङ्देनले वंगलादेशसंगको सम्झौता प्रक्रियामा रहेको वताउदै भविष्यमा ठुलो मात्रामा विद्युत निर्यात गर्ने गरी व्यापार सम्झौता हुने वताउनुभयो ।
उपप्रधानमन्त्री लिङ्देनले अन्तरदेशीय प्रशारण ट्रान्समीसन र अन्य दिमेकी मुलुकसंगको व्यापारको लागि समानान्तर रुपले ट्रान्समीसन लाईन विस्तार गरीने वताउनुभयो । उहाहरूबीच आपसी सहयोग र चासोका विविध विषयमा समेत छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित