Khabar Samachar

Search
Close this search box.

सुशासन विधिको शासनभन्दा बाहिर कोही चल्न नसक्ने – सुदन किराती

206
VIEWS

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले त्रिभुवन विमानस्थलको जस्तै अन्य घूस प्रकरणहरू सार्वजनिक हुँदै जाने बताएका छन्।उनले मन्त्रीलाई पैसा बुझाउनुपर्ने भन्दै विदेशी वायुसेवा कम्पनीसँग घुस मागेकाले त्रिभुवन विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई कारबाही गरिएको बताए।

शुक्रबार काठमाडौंमा नेपाल पर्यटन बोर्डले आयोजना गरेको स्वागत कार्यक्रममा मन्त्री किरातीले मन्त्रीलाई पैसा बुझाउनुपर्ने भन्दै विदेशी वायुसेवा कम्पनीसँग घूस मागेकाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुरलाई कारबाही गरिएको बताए।

मन्त्री किरातीले महाप्रवन्धक थाकुरले थाई स्माइल एयरलाइन्ससँग मन्त्रीलाई बुझाउनुपर्ने भन्दै करोडौँ घुस लिने गरेकाले निलम्बन गरेको बताए। उनले अहिलेसम्मका कुन–कुन मन्त्रीले पैसा लिने गरेको हो भन्ने कुरा स्पष्ट पार्नुपर्ने बताए। उनले आफूले कसैको पनि एक पैसा नखाने भन्दै कसैले त्यस्तो गरेको थाहा पाए तत्काल कारबाही गर्ने चेतावनी दिए।

उनले कोही घुस खान मन्त्री हुन आए उसलाई जनताले सजाय दिने बताए। आफूलाई पैसा नचाहिएको भन्दै कर्मचारीबाट पारदर्शी काम चाहिएको बताए।

‘सुविधामा होडबाजी गर्ने काममा राजनीतिक हस्तक्षेप भएर मात्रै नभएको हो त होइन। यो मन्त्रीले पैसा खाँदैन। मन्त्रीलाई पैसा मन पर्दैन। ढुक्कसँग काम गनुस्। सरकारले अप्रिय निर्णय आज मात्रै गरेर आउनु पर्‍यो’, उनले भने, ‘विमानस्थलको निर्देशकलाई भर्खरै निलम्बन गरेर आए। मन्त्रीलाई पैसा दिनुपर्ने भन्दै असुल्ने रहेछ। त्यही पनि थाइल एयरलाइन्सलाई करोडौँ रुपैयाँ अब अरु पनि आउँछ, खुल्दै जान्छ। मन्त्रीलाई पैसा बुझाउनु पर्ने, कहिले कहिले बुझाइयो। को–को लाई बुझाइयो। त्यो स्पष्ट हुनुपर्छ।’उनले प्रधानमन्त्रीले संसद्‌मा गरेको सम्बोधन र सचिवहरूलाई दिएको निर्देशनको एकीकृत कार्ययोजना पर्यटन मन्त्रालयले तयार पारेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
No Content Available
भर्खरै प्रकाशित