Khabar Samachar

‘प्रचण्डजीलाई मैले जिम्मा दिएको छु,उहाँले दाबी गर्नुहुन्छ कि उहाँले नै दिनुहुन्छ त्यो उहाँको कुरा।’ – वामदेव गौतम

206
VIEWS

नेकपा (एकता राष्ट्रिय अभियान)का संयोजक वामदेव गौतमले आफूलाई माओवादीको चुनाव चिन्हबाट निर्वाचन लड्दा सजिलो हुने बताएका छन्।

‘माओवादीको चुनाव चिन्हमा मलाई सजिलो पर्ने भयो,’ गौतमले भने, ‘प्रचण्डजीलाई मैले जिम्मा दिएको छु। उहाँले दाबी गर्नुहुन्छ कि उहाँले नै दिनुहुन्छ त्यो उहाँको कुरा।’माओवादीकै चुनाव चिन्हबाट निर्वाचनमा भाग लिने गरी निर्वाचन आयोगमा संयुक्त दल दर्ता गर्न पुगेका गौतमले गठबन्धनमा सामेल भएको सुनिश्चित भएकाले आफूले माओवादीको चुनाव चिन्ह लिएको बताए ।

गौतमले मंगलबार निर्वाचन आयोगमा संचारकर्मीसँग कुरा गर्दै उनले भने, ‘प्रचण्डजीको हिस्साबाट मैले सिट पाउँछु।’

चुनाव चिन्ह दिन प्रचण्डलाई जिम्मा दिएको गौतमले बताए।

साथै,प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारी दिने बताए। निर्वाचन आयोगमा कानुनी जटिलताका विषयमा बुझ्नका लागि पुगेको गौतमले भने।

गौतम हाल राष्ट्रियसभा सदस्य छन्। ‘चुनाव चिन्ह मलाई दिने र मेरो भूमिका के हुन्छ भन्ने विषयमा समझदारी गरौं भन्दा प्रचण्डले सहर्ष स्वीकार गर्नुभएको छ।’ गौतमले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित