नेपाली कांग्रेसले काठमाडौंसहित थप सात जिल्लाको क्रियाशील सदस्यता नामावली सार्वजनिक गरेको छ ।

बुधबार काठमाडौं, मोरङ, काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया र बाजुराको क्रियाशील सदस्यता सूची सार्वजनिक गरिएको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । योसँगै ६४ जिल्लाको क्रियाशील सदस्यताको टुंगो लागेको छ ।क्रियाशील सदस्यता विवादित रहेका २१ जिल्लामध्ये आज ७ जिल्लाको नाम पार्टीको nepalicongress.org वेबसाइट मा राखिएको छ।

कांग्रेसले यसअगाडि ५६ जिल्लामा वडा अधिवेशन गरिसकेको छ।

प्रदेश दुईका आठ वटै जिल्ला, बागमती प्रदेशको रसुवा, लुम्बिनी प्रदेशको बाँके, सुदूरपश्चिम प्रदेशको कैलाली र कर्णाली प्रदेशको सुर्खेत र डोल्पाको क्रियाशील सदस्यता नामावली प्रकाशन हुन बाँकी छ ।

काठमाडौंमा मात्रै कांग्रेसका २० हजार क्रियाशील सदस्य छन्। यसपाली कांग्रेसले स्वदेश र विदेशस्थित जनसम्पर्क समिति गरी कूल ९ लाख जनालाई क्रियाशील सदस्य बनाएको छ।

काँग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार यससँगै ६४ जिल्लाको क्रियाशील सदस्यताको नामावली सार्वजनिक भएको छ । काँग्रेसमा अब १३ जिल्लाको क्रियाशील सदस्यता सार्वजनिक हुन बाँकी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय