प्रदेशसभाबाट विश्वासको मत लिनका लागि बैठक आह्वान गरेका प्रदेश नम्बर १ का मुख्यमन्त्री भीम आचार्यले बुधबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले बुधबार ५ जना मन्त्री तथा राज्यमन्त्री थप गरेका हुन् । मन्त्री नियुक्त भएकाहरुलाई आजै साँझ सपथग्रहण गराइएको छ । योसँगै प्रदेश १ को मन्त्रिपरिषद ८ सदस्यीय पुगेको छ । संखुवासभाका तुलसी न्यौपानेलाई आर्थिक मामिला तथा योजना, झापाका हिराकुमार थापालाई भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री र सोलुखुम्बुका उत्तमकुमार बस्नेतलाई उद्योग वन, पर्यटन तथा वातावरण राज्यमन्त्री बनाइएको छ । यस्तै  मोरङका ज्ञानेश्वर राजवंशीलाई भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री र मोरङका लिलाबल्लभ अधिकारीलाई आन्तरिक मामिला तथा कानून राज्यमन्त्री बनाइएको छ । यसअघि सामाजिक विकास मन्त्रीको रुपमा ताप्लेजुङका बलबहादुर साम्सोहाङ र तेह्रथुमका लछुमन तिवारी उद्योग, वन, पर्यटन तथा वातावरण मन्त्री नियुक्ति भएका थिए । ,मुख्यमन्त्री पछाडि मन्त्रीहरुको पहिलो वरियतामा न्यौपाने, दोस्रोमा थापा, तेस्रोमा तिवारी, चौथोमा साम्सोहाङ राखिएको छ । यस्तै बस्नेत पाँचौं, राजवंशी छैठौं र अधिकारी सातौं नम्बरको वरियतामा नियुक्त भएका हुन्।

योसँगै अब मुख्यमन्त्री भीम आचार्यको ८ सदस्यीय मन्त्रिमण्डल बनेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय