Khabar Samachar

त्रिभुवन विमानस्थलको महाप्रबन्धकमा प्रतापबाबु तिवारी नियुक्त

202
VIEWS

त्रिभुवन विमानस्थलको महाप्रबन्धकमा प्रतापबाबु तिवारी नियुक्त भएका छन । तत्कालीन महाप्रबन्धक प्रेमनाथ ठाकुर घुस मागेको अभियोगमा निलम्बनमा परेपछि यो पद खाली थियो ।

प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार काठमाडौं विमानस्थलको प्रमुखको जिम्मेवारी तिवारीलाई दिइएको हो । विमानस्थलमा प्रमुखको जिम्मेवारी सम्हालिसकेका उनी हाल नागरिक उड्डयन प्रशिक्षण प्रतिष्ठानको प्रमुख थिए । यहाँ देव चन्द्रलाल कर्णलाई पठाइएको छ ।

एभिएसन सर्भिसेज निर्देशनालयको प्रमुखको जिम्मेवारीमा रहेका हंश राज पाण्डेलाई भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख बनाइएको छ । भैरहवाका महाप्रबन्धक गोविन्द दाहाल यसैसाता सेवा निवृत्त हुँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित