हाँस्य ब्यङ्ग्य कलाकार रमेश केसीको ६९ बर्षको उमेरमा निधन भएको छ ।  उनको आज बिहान ९ बजे गीत छायांकनको सेटमा निधन भएको कलाकार उत्तम केसीले जानकारी दिए ।   

उनको आइतबार हृदयघातका कारण निधन भएको कलाकार उत्तम केसीले बताए । ‘आइतबार छन्दे स्टुडियोमा उनी एक म्युजिक भिडियो सुटिङ गर्दै थिए’ उत्तमले भने ‘एक्कासी ढल्न पुगे,तुरुन्तै गंगालाल अस्पतालमा पुर्याइएको थियो । तर बचाउन सकिएन ।’

छन्दे स्टुडियो तारकेश्वर नगरपालिका वडा नं ६ महाँकालमा रहेको छ । हर्के हवल्दार’को टिमले बनाउन लागेको एक भिडियोको छायांकनमा रमेशजी मोटरसाइकल नै लिएर सुटिङमा पुग्नुभएको थियो । छायांकन सेटमा पुगेर केही समयपछि उहाँ बेहोस हुनु भयो । बेहोस भए लगतै उहाँलाई गंगालाल हृदयरोग केन्द्रमा पुर्याइएको थियो । अस्पताल पुर्याइए लगतै उहाँलाई मृत घोषित गरिएको हो ।’ लामो समयदेखि उनी मुटु सम्बन्धी समस्याबाट पीडित रहेका थिए । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिँदैछ । अन्त्येष्टि अगाडि उनको शवलाई अन्तिम श्रद्धाञ्जलीका लागि पशुपति आर्यघाटमै केही घन्टा राखिने भएको छ । 

रंगमञ्चबाट अभिनय थालेका केसीले थुप्रै नाक, सडक नाटक, म्युजिक भिडियो, टेलिसिरियल र फिल्मसमेत अभिनय गरेका छन् । उनी पछिल्लो समय सिरियल ‘एकादेशको चुरिफुरी’ ‘हर्के हवल्दार’ लगायतमा देखिँदै आएका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय