नेपाली बलरहरूले शानदार प्रदर्शन गर्दा आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तरगतको त्रिकोणात्मक शृङ्खलामा ओमान मात्र १ सय २१ रनमा समेटिएको छ ।बलरहरुले कसिलो बलिङको मद्दतमा नेपालले घरेलु टोली ओमानलाई ३७.१ ओभरमा १२१ रनमा समेटेको हो । टस हारेर ब्याटिङको निम्तो पाएको ओमानका ब्याट्सम्यानहरुले ठूलो समझदारी गर्न सकेनन् । यद्यपि क्रिजमा टिकिरहेका कप्तान मक्सुदले आठौं विकेटका लागि नसिम खुशीसँग २२ र नौं विकेटका लागि मलिमुल्लाहसँग २० रनको साझेदारी गर्दै उनले स्कोर १०० कटाए । उनी ४१ रनमा आउट हुँदा टिमको स्कोर १०६ रन थियो । ३७/४ को अवस्थामा ब्याटिङमा आएका घरेलु टोलीका कप्तान जिसन मक्सुदले एउटा पारी सम्हाले पनि अरु टिक्न सकेनन् ।करण केसी र सन्दीप लामिछानेले ४–४ विकेट लिएपछि ओमान मात्र ३७.१ ओभरमा अलआउट हुन पुगेको हो ।ओमानका लागि कप्तान जिसान मक्सुदले सर्वाधिक ४१ रन बनाए भने जतिन्दर सिंहले १३ तथा नसिम खुसीले १२ रनको योगदान दिए ।  नेपालका लागि केसीले ८ ओभरमा मात्र २५ रन खर्चेर ४ विकेट लिए भने लामिछानेले ८.१ ओभरमा १८ रन खर्चेर समान विकेट लिए । शरद भेस्वाकरले २ विकेट लिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय