Khabar Samachar

Search
Close this search box.

क्यानले घोषणा गर्‍याे एसीसी प्रिमियर कप खेल्ने प्रारम्भिक टोली

230
VIEWS

नेपाल क्रिकेट संघ (क्यान)ले एसीसी पुरुष प्रिमियर कप खेल्ने नेपालको प्रारम्भिक टोली घोषणा गरेको छ।

एसियन क्रिकेट काउन्सिल (एसीसी)को आयोजनामा आगामी  वैशाख ५ गतेदेखि नेपालमै हुने प्रतियोगिताका लागि बुधबार क्यानले २१ खेलाडीको प्रारम्भिक टोली घोषणा गरेको हो।

क्यानले सार्वजनिक गरेको प्रारम्भिक टोलीमा कुशल भूर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, रोहित पौडेल, कुशल मल्ल, आरिफ शेख, दिपेन्द्र सिंह ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललित राजवंशी, सन्दीप जोरा, श्याम ढकाल (मौसम), कमल सिह ऐरी, अर्जुन साउद, सूर्य तामाङ, किशोर महतो र देव खनाल छन्।

वैशाख १८ गतेसम्म चल्ने प्रतियोगितमा कुल १० राष्ट्र सहभागी छन् । सहभागी १० राष्ट्रलाई दुई समूहमा विभाजन गरि प्रतिस्पर्धा गराइनेछ। नेपाल समूह ‘ए’ मा छ।

नेपालको समूहमा मलेसिया, साउदी अरब, कतार र ओमन रहेका छन्। त्यस्तै समूह ‘बी’ मा बहराइन, कुवेत, सिङ्गापुर, हङकङ र युएई छन्।

नेपालले पहिलो खेल वैशाख ५ गते मलेसियासँग खेल्नेछ।

प्रतियोगिताको विजेता राष्ट्र आगामी सेप्टेम्बरमा हुने एसिया कपमा सिधा छनोट हुनेछ भने शीर्ष तीनमा रहने राष्ट्र एसिया ईमर्जिङ कपका लागि छनोट हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित