आइसिसी विश्वकप लिग-२ अन्तर्गत नेपालले ओमानलाई ७ विकेटले पराजित गरेको छ।

टस हारेर ब्याटिङको निम्तो पाएको ओमानलाई करण केसी र सन्दीप लामिछानेको ४/४ विकेट मद्दतमा नेपालले ३७.१ ओभरमा १ सय २१ मा अल आउट गरेको थियो ।

दोस्रो इनिङमा १ सय २२ रनको लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा मात्र तीन विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अविजित अर्धशतक जोडे ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले अर्धशतक प्रहार गरे। उनले नटआउट ५२ रन जोड्ने क्रममा ४६ बल खेलेर ४ चौका र २ छक्का प्रहार गरे।

ज्ञानेन्द्रले लगातार दोस्रो अर्धशतक प्रहार गरेका हुन्। उनले अमेरिकाविरुद्धको अघिल्लो खेलमा ५५ रन जोडेका थिए।

ओपनर कुशल भुर्तेल ६ रनमा आउट हुँदा आसिफ शेखले ४० रनको योगदान गरे। आसिफले ४४ बलमा ७ चौका प्रहार गरे।

रोहित पौडेल ६ रनमा आउट हुँदा शरद भेषवाकरले नटआउट १ रन जोडे।

वान् डाउनमा ब्याटिङ गर्न क्रिजमा उत्रिएका कप्तान ज्ञानेन्द्रले आशिफ शेखसँग ९५ रनको साझेदारी गर्दै नेपालका लागि ४७ बलमा गरेका ज्ञानेन्द्रले ४ चौका र २ छक्का प्रहार गरेका थिए ।

नेपालका ओपनर कुशल भुर्तेल ६ रनमा पेभेलियन फर्किँदा आशिफले ४४ बलमा ७ चौकासहित ४० रन जोडे । त्यस्तै, रोहित पौडेल ६ रन बनाएर आउट हुँदा शरद भेसावकर १ रनमा अविजित रहे ।

ओमानका लागि नेस्तोर धाम्बाले २ तथा कलिमुल्लाहले १ विकेट लिए । सशक्त बलिङ गरेको नेपालसामु घुँडा टेकेको ओमानका लागि कप्तान जिशन मक्सुदले सर्वाधिक ४१ बाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।

नेपालका लागि सन्दीप र करणले ४/४ तथा शरदले २ विकेट लिएका थिए ।

ओमानमा भइरहेको त्रिकोणात्मक सिरिजमा नेपालले चार खेलमा दुई खेलमा जित र दुई खेलमा हार बेहोर्‍यो।

नेपालले पहिलो खेलमा अमेरिकालाई ५ विकेटले पराजित गरेको थियो।  दोस्रो खेलमा नेपाल ओमानसँग ५ विकेटले नै हारेको थियो। तेस्रो खेलमा नेपालले अमेरिकालाई ४ विकेटले नतिजा सुम्पिएको थियो।

लिग-२ को अंक तालिकामा नेपाल ८ खेलबाट ८ अंक जोड्दै चौथो स्थानमा उक्लिएको छ। नेपालले ८ मध्ये ४ खेलबाट जित र ४ खेलमा हार बेहोरेको छ।

ओमान १३ खेलबाट २० अंक जोड्दै शीर्ष स्थानमा छ। दोस्रो स्थानको अमेरिकाको १५ खेलबाट १४ अंक छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय