सरकारले राजनीतिक नियुक्ति गरेका सबै राजदूतहरू फिर्ता बोलाउने निर्णय गरेको छ । आज सिंहदरबारमा बसेको सो बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा कानुन मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए । राजनीतिक नियुक्तिबाट बंगलादेश, चीन, भारत, अमेरिका, बेलायत, इजरायल, दक्षिण अफ्रिका, कतार, स्पेन, मलेसिया र ओमानमा राजदूतहरू नियुक्त भएका थिए । मन्त्रिपरिषद्को नियुक्तिसँगै उनीहरू अब स्वदेश फिर्ता हुनुपर्ने भएको छ । यसअघि सरकारले ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको थियो । यससँगै नेपालका २२ देशमा राजदूत पद खाली भएका छन् ।

राजदूतहरू :

१. वंशीधर मिश्र, बंगलादेश
२. महेन्द्र बहादुर पाण्डे, चीन
३. निलाम्बर आचार्य, भारत
४. युवराज खतिवडा, अमेरिका
५. सर्मिला पराजुली ढकाल, ओमान
६. नारदनाथ भारद्वाज, कतार
७. दावा फुटी शेर्पा, स्पेन
८. निर्मलकुमार विश्वकर्मा, दक्षिण अफ्रिका
९. उदयराज पाण्डे, मलेसिया
१०. अन्जन शाक्य, इजरायल
११. लोकदर्शन रेग्मी, बेलायत

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय