हङकङसँग बराबरी खेलेपछि नेपाली महिला फुटबल टोली एएफसी महिला एसियन कप-२०२२ छनोटको समूह चरणबाट बाहिरिएको छ।उज्वेकिस्तानमा आज भएको छनोट चरणको दोस्रो खेलमा नेपालले हङकङसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको हो। उक्त बराबरीसँगै नेपाली महिला फुटबल टोलीको भारतमा आयोजना हुने एएफसी महिला एसियन कपको यात्रा समाप्त भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय