मन्त्रिपरिषद विस्तारमा सहमति जुटाउन सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधबार साँझ गठबन्धन जारी छ । आजको बैठकमा मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल भइरहेको छ ।मन्त्रिमण्डललाई पूर्णता दिनेबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक बसेको हो। यसअघि मंगलबार पनि सत्तारूढ गठबन्धनका शीर्ष नेताहरूबीच छलफल भएको थियो। नेकपा माओवादी केन्द्रका प्रवक्ता कृष्णबहादुर महराले आज गठबन्धन बैठकमा मन्त्रिमन्डल विस्तारबारे छलफल हुने बताए।राजनीतिक दलसम्बन्धी अध्यादेशबारे टुंगो लगाएर मन्त्रिपरिषद् विस्तार गर्ने गठबन्धनका नेताहरुको तयारी छ । राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधिसभामा रहेको छ । त्यसलाई फिर्ता नलिएसम्म सरकारमा सहभागी नहुने जसपा अध्यक्ष उपेन्द्र यादवले अडान लिँदै आएका छन् । यस विषयमा मंगलबार बसेको गठबन्धन दलको बैठक छलफल भएको थियो । अध्यादेशले जसपा र एकीकृत समाजवादीबाट सरकारमा सहभागी हुने कुरामा समस्या भए माओवादीबाट मात्रै भएपनि मन्त्री हुनेको नाम पठाउन प्रधानमन्त्री देउवाले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग प्रस्ताव गरेका थिए । 

साँझ साढे पाँच बजे सुरु भएको बैंठकमा प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, कानुनमन्त्री ज्ञानेन्द्र बहादुर कार्की, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराई, माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ लगायत उपस्थित छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय