नेपाली कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका पुनः परिवर्तन हुने भएको छ । बुधबार बसेको काँग्रेस पदाधिकारी बैठकमा प्रदेश, जिल्ला र संघीय अधिवेशन सार्न सहमति जुटेको वरिष्ठ नेता रामचन्द्र पौडेलले जानकारी दिए । पौडेलका अनुसार असोज नौ गतेबाट सुरु हुने भनिएको पालिका अधिवेशन दसैँअघि सक्ने र बाँकी अधिवेशन दसैँपछि गर्ने सहमति भएको हो ।

बैठकले असोज ९ गतेसम्म प्रकाशित वडास्तरीय र पालिकास्तरीय अधिवेशन यथावत राख्‍ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए । ‘असोज ९ गते सम्म प्रकाशित वडा स्तरीय र पालिका स्तरीय अधिवेशन यथावत राख्‍ने निर्णय भएको छ,’ प्रवक्ता शर्माले भने । त्यस्तै असोज ९ गतेपछि प्रकाशित अधिवेशन कार्यतालिका सम्बन्धमा केही जिल्लाहरूमा क्रियाशिल सदस्यहरूको टुंगो लागाउनु पर्ने भएकोले केन्द्रीय निर्वाचन सिमितिले आवश्यकता अनुसार टुङ्याउदै लैजाने निर्णय भएको प्रवक्ता शर्माले बताए । प्रधानमन्त्री एवं पार्टीका सभापति शेरबहादुर देउवाको सभापतित्वमा आज बसेको बैठकले गहिरो विमर्श गरेर छलफल गरेर अहिलेको बेलामा अधिवेशनका सबै प्रक्रियाहरूलाई जहाँ अवरुद्ध छन् तिनलाई सहमति पूर्वक निकास दिँदै जाने र प्रक्रिया अघि बढेका छन्, ती प्रक्रियाहरूको सन्दर्भमा पनि एउटा निश्चित टुङ्गो गर्ने,भन्ने विषयमा छलफल भयो मूलतः नेपाली काँग्रेस पार्टीको निर्वाचनका जति प्रक्रियाहरू छन्, यी सबै प्रक्रियाहरू पार्टीको केन्द्रीय निर्वाचन समितिमार्फतबाट निर्वाचित निर्वाचित समितिको नेतृत्वमा निर्वाचन समितिले खटाएका प्रतिनिधिहरूले स्थानीय स्थिति बमोजिम र गर्दै आउनुभएको छ, गर्ने हाम्रो प्रचलन छ, त्यसैले अहिले जुन स्थानमा वडा तहको अधिवेशन सम्पन्न भएको छ,ती ठाउँहरूको हकमा ९ गतेका लागि पालिका स्तरीय जुन अधिवेशन छ, त्यो यथावत् छ, त्यो ९ गतेका लागि पूर्व निर्धारित समयमै पालिकाहरूको अधिवेशन हुनेछ,पार्टीको अन्य तहको अधिवेशन ९ गते पछिका अन्य अधिवेशनको सन्दर्भमा एकातर्फ केही जिल्लाहरूको क्रियाशील टुङ्गाउने विषय छ, यसलाई पनि सँगै लिएर जाने कुरालाई दृष्टिगत गर्दै पार्टीको केन्द्रीय समितिले आवश्यकता अनुसार यस बारेमा प्रक्रियालाई कुन रूपमा लिएर जाने भन्ने कुराको टुङ्गो लगाउनेछ, आजको बैठकले ९ गतेको लागि पूर्वनिर्धारित पालिका स्तरीय अधिवेशनलाई सम्पन्न गर्ने गराउने सन्दर्भमा सहमति बनाएको छ, अर्कोतर्फ ९ गतेभित्रमा बाँकी जिल्लाहरूको क्रियाशील सदस्यहरूको टुङ्गो लगाउने र आफ्नो काम गर्ने गतिलाई बढाउने निर्णय गरेको छ,त्यसको लागि निर्धारित समितिले काम गर्नेछ, र अन्य तहको सन्दर्भमा पार्टीको केन्द्रीय निर्वाचन समितिले अन्य जिल्लाको क्रियाशीलताको विषय र अहिले जारी रहेका विषयहरूलाई समायोजन गरी उपयुक्त सन्तुलन, उपयुक्त समयावधि जुन रूपमा निर्धारित छ, त्यसलाई कुन रूपमा अघि लाने र बाँकी कुरा निर्वाचन समितिले गर्छ ।’

क्रियाशील विवाद पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरू मिनेन्द्र रिजाल र रमेश लेखकले टुंग्याउनेछन्। यो समितिले विवाद समाधान गरेका जिल्लाको क्रियाशील सदस्यताको सूची पनि निर्वाचन समितिले सार्वजनिक गरेको छैन।

बैठकमा प्रधानमन्त्रीसमेत रहेका सभापति देउवा, नेता पौडेल, उपसभापति विमलेन्द्र निधि, उपसभापति विजयकुमार गच्छदार, महामन्त्रीद्वय डा.शशांक कोइराला र महामन्त्री पुर्णबहादुर खड्का, सहमहामन्त्री डा. प्रकाशशरण महत, कोषाध्यक्ष सीता देवी यादव, गृहमन्त्री बालकृष्ण खाण, प्रकाशमान सिंह, गोपालमान श्रेष्ठ, डा.मीनेन्द्र रिजाल, डा.रामशरण महत, गगन थापा, प्रवक्ता शर्मालगायतले उपस्थित थिए ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय