नेपाली कांग्रेसले गैरआवासीय नेपाली संघको आसन्न महाधिवेशनमा कूल आचार्यलाई समर्थन गर्ने भएको छ । आज राजधानीमा बसेको कांग्रेस पदाधिकारी बैठकले आचार्यलाई समर्थन जनाउने अनौपचारिक निर्णय गरेको हो ।

बैठकमा कांग्रेसको जनसम्पर्क विभाग प्रमुख गोविन्द भट्टराईले एनआरएन चुनावको विषय प्रवेश गराएका थिए । कांग्रेस निकट वर्तमान उपाध्यक्ष रविना थापाले पनि महाधिवेशनको अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी थिइन् ।

प्रवासस्थित भातृ संगठनको समेत समर्थन रहेका कूल आचार्यको उम्मेदवारीलाई कांग्रेसले समर्थन जनाएको हो । अघिल्लो चुनावमा पनि कांग्रेसले आचार्यको उम्मेदवारीलाई समर्थन जनाएको थियो ।

शीर्ष नेताहरुको सहमति लिएका महामन्त्री पूर्णबहादुर खड्काले थप प्रक्रिया अगाडि बढाउनेछन् ।

एनआरएनएको दशौं विश्व सम्मेलन आउँदो कात्तिकको ३ देखि हुने तय भएको छ । नयाँ नेतृत्वका लागि कुल आचार्य, रविना थापा र डा. बद्री केसीले अध्यक्षमा दावी गरेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय