Khabar Samachar

Search
Close this search box.

सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप आजदेखी

234
VIEWS
 सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत सातौं प्रतियोगिता, सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसिप भोलिदेखि गोकर्ण गल्फ क्लबमा सुरु हुदैछ।
७२ होलको प्रतियोगिता आजदेखि सुरू भएर बिहिबार सम्म चल्नेछ। कुल ८ लाख नगद पुरस्कार राशीको प्रतियोगितामा‌ ३१ प्रोफेसनल र‌ ८ एमेच्योर खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।
३६ होलको समाप्तीमा कट लागु हुनेछ। जहाँ उत्कृष्ट २१ प्रोफेसनल र टाइमा पर्ने खेलाडी तथा कम्तीमा ६ एमेच्योर खेलाडीले अन्तिम दुई दिनको लागि स्थान बनाउँनेछन्।
विजेताले उपाधिसँगै १ लाख ४० हजार प्राप्त गर्नेछ। दोस्रो हुनेले ९० हजार र तेस्रो हुनेले ६७ हजार प्राप्त गर्नेछन्। उत्कृष्ट २१ भित्र पर्ने अन्य प्रोफेसनल खेलाडीले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्‌।
व्यवसायिक गल्फर भुवन नगरकोटी, जयराम श्रेष्ठ, धन थापा, निरज तामाङ, रामे मगर र रवि खड्कालाई प्रमुख दाबेदारको रूपमा हेरिएको छ। तर यी शीर्ष वरियताका गल्फरहरूले छैटौ प्रतियोगिताका विजेता सदभाव आचार्य र १३औं दक्षिण एसियाली खेलकुद‌ सागका दोहोरो स्वर्ण विजेता सुबाश तामाङको चुनौती पन्छाउनु पर्नेछ। अन्य एमरच्योर गल्फरहरू टासी छिरिङ, वाङचेन ढोन्डुप र विजय श्रेष्ठ आइनहाउसले पनि उत्कृष्ठ प्रदर्शन गर्ने अपेक्षा गरिएको‌ छ।
गोकर्ण गल्फ कल्बले प्रतियोगिताको लागि सबै तयारी पुरा गरेको छ। पीजीए नेपालका अध्यक्ष रवीन्द्रमान श्रेष्ठले यो वर्ष एमेच्योर र प्रोफेसनल गल्फरहरुबीच कडा प्रतिस्पर्धा भैरहेको र यसले नेपाली गल्फ विकासको लागि सहयोग पुग्ने बताए। उनले नेपाली गल्फको विकासमा निरन्तर सहयोग गरेकोमा प्रायोजक सूर्य नेपाल प्रालिलाई धन्यवाद प्रदान गरे।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित