चाडपर्व नजिकिएसँगै नागरिकलाई सचेत हुन प्रहरीले सतर्क गराएको छ । चाडपर्व लक्षित जचेतना पर्चा जारी  गर्दै चोरी, डकैती, लुटपाटलगायत अपराधिक कार्य हुनसक्ने भएकोले सचेत हुन आग्रह गरेको हो ।

महानगरीय प्रहरी परिसर, काठमाडौंले सचेतना पर्चा जारी गर्दै अफ्ना मातहतका कार्यलय लाई घरभेटीहरूलाई डेरावालको विस्तृत जानकारी लिन भनेको छ । पर्चामा आफ्नो घरमा डेरा गरी बस्ने व्यक्तिको नाम, थर, स्थायी ठेगानाका साथै फोटोसहित राख्न अनुरोध गरिएको छ ।

समुदाय – प्रहरी साझेदारी अन्तर्गत चाडपर्ब मा अबधिमा हुने अपराध,चोरी रोक्न महानगरीय प्रहरी गौसाला र सामुदायिक प्रहरी सेवा केन्द्र चाहाबिल ले आज सिनामङल, कालिमाटी डोल ,एयर्पोर्ट एरियामा स्थानिय श्री पन्च कुमारी समाजको सहकार्यमा घरदैलो तथा जनचेतना कार्यक्रम गर्दै घरघर,पसल,होटेल,लजमा कार्यक्रमको बारेमा जानकारि गरायो ।

अफ्नो वरिपरि छरछिमेकमा असामान्य व्यक्ति पटक-पटक देखिए निग्रानी राख्नसमेत प्रहरीले अनुरोध गरेको छ भने रातिको समयमा आफ्नो घर, टोलमा हिंड्ने व्यक्तिको गतिविधि शंकास्पद लागे पनि प्रहरीलाई खबर गर्न प्रहरीले भनेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय