Khabar Samachar

वर्षाका कारण रोकियो नेपाल र कुवेतबीचको सेमिफाइनल खेल

209
VIEWS

एसीसी प्रिमियर कप अन्तर्गत नेपाल र कुवेतबीचको सेमिफाइनल खेल वर्षाका कारण प्रभावित भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कुवेतले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले २३.२ ओभरमा ३ विकेट गुमाएर १४१ रन बनाउँदा पानी परेपछि खेल रोकिएको हो।

कप्तान रोहित पौडेल ३० र कुशल मल्ल ३२ रनमा नटआउट छन्।

मध्यक्रमका ब्याटर रोहित र कुशलले नेपालको इनिङ्स सम्हालिरहेका छन्। रोहित र कुशलले चौथो विकेटका लागि ६१ रनको साझेदारी गरेका छन्।

उत्कृष्ट सुरुआत गरेको नेपालले ३ रन बनाउन ३ विकेट गुमाएको थियो। पहिलो विकेटका लागि कुशल र आशिफले ७७ रनको साझेदारी गर्दै नेपाललाई उत्कृष्ट सुरुवात दिलाएका थिए।

३९ बलमा ७ चौका र १ छक्काको मद्दतमा ४३ रन बनाएर कुशल क्याच आउट भए। त्यसपछि ३ रन जोड्न नेपालले भीम सार्की र आशिफ शेखलाई गुमायो।

आशिफ शेख ३१ रन बनाउँदा क्याच आउट भए। २८ बलको सामना गरेका आशिफले १ चौका र ३ छक्का हाने। तेस्रो नम्बरमा ब्याटिङमा आएका भिम सार्की १ रनमा क्याच आउट भए।

कुवेतका लागि एडनास एड्रसले २ तथा मोहम्मद मनिवले एक विकेट लिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित