एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगिताको पहिलो खेलमा काठमाडौं किंग्स ११ ले ललितपुर प्याट्रिओट्सलाई ७ विकेटले हरायो।बलर जितेन्द्र मुखिया, विकेटकिपर ब्याट्सम्यान रहमानुल्लाह गुर्बाज र अलराउण्डर रायल बर्लकाे उत्कृष्ट प्रदर्शनमा काठमाडौं किंग्स ११ ले चाैथाे संस्करणकाे एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा विजयी सुरुवात गरेकाे छ ।

शनिबार भएकाे उद्घाटन खेलमा काठमाडौंले ललितपुरलाई ७ विकेटले पराजित गरेकाे हाे ।

ललितपुरले दिएकाे १५८ रनकाे लक्ष्य काठमाडौंले १४.२ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो । काठमाडौंकाे जितमा जिम्बाब्बेका बर्लले अविजित रहँदै सर्वाधिक ७३ रन बनाए । यस्तै अफगानिस्तानका गुर्बाजले ५९ रन बनाए । राजु रिजाल १९ रनमा अविजित रहे ।

यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको ललितपुरले  निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १५७ रन बनाएको थियो । ललितपुरका लागि पवन शर्राफले सर्वाधिक ६१ रन बनाए भने योगेन्द्र सिंह कार्कीले ३३ रनको योगदान दिए ।
काठमाडौँका लागि जितेन्द्र मुखियाले ४ विकेट लिए ।रायन बर्लले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । गुल्सन झाले ४ ओभरमा ३५ रन खर्चेर २ विकेट लिए । कप्तान सन्दीप लामिछानेले ४ ओभरमा ४४ रन खर्चिए पनि विकेट लिन सकेनन् । यस्तै पाकिस्तानी खेलाडी शाहिद अफ्रिदीले ४ ओभरमा ३२ रन खर्चिए भने विकेट लिन सकेनन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय