Khabar Samachar

अञ्जनको ह्याट्रिकमा चर्च ब्वाइज शीर्ष स्थानमा, मनाङ र सातदोबाटोले अङ्क बाँडे

207
VIEWS

सहिद स्मारक ए डिभिजन लिग फुटबलमा चर्च ब्वाइज क्लब शीर्ष स्थानमा उक्लिएको छ। राष्ट्रिय टिमका स्ट्राइकर अन्जन विष्टले ह्याट्रिक गरेको खेलमा चर्च ब्वाइजले एनआरटीलाई ४–१ ले पराजित गर्‍याे। त्यस्तै शनिबारनै भएको खेलमा मनाङ मर्स्याङ्दी क्लब र सातदोबाटो युथ क्लबले गोलरहित बराबरी खेल्दै अङ्क बाँडे।

च्यासल मैदानमा शनिबार भएको खेलमा अन्जन विष्टले तीन गोल गर्दा सुशिल शाहले एक गोल गरेका थिए। पहिलो हाफमा एक गोल गरेको चर्च ब्वाइजले दोस्रो हाफमा तीन गोल थपेको थियो। एनआरटीका दिपेश आलेमगरले एक गोल फर्काए।

४०औं मिनेटमा सुशिल शाहले गोल गर्दै चर्च ब्वाइजलाई १–० को अग्रता दिलाए। कमल श्रेष्ठको कर्नरमा अनमार्क रहेका सुशिलले हेड मार्फत टिमलाई अग्रता दिलाए। ५१ औं मिनेटमा अन्जन विष्टले गोल गर्दै चर्च ब्वाइजको अग्रता दोब्बर बनाए। ६१औं मिनेटमा अन्जन विष्टले व्यक्तिगत दोस्रो र टिमका लागि तेस्रो गोल गर्दै खेलमा बलियो अग्रता कायम राखे। ८५औं मिनेटमा अन्जनले ह्याट्रिक पूरा गर्दै चर्च ब्वाइजलाई ४–० को अग्रता दिलाएका थिए।

जारी लिगमा यो कुनैपनि खेलाडीको तेस्रो ह्याट्रिक हो। यसअघि मछिन्द्रका ओलावाले ओलाडिपो अफिज र एफसी खुमलटारका स्टेफन समिर विनोङले ह्याट्रिक पूरा गरेका थिए। इन्ज्युरी समयमा दिपेश आले मगरले गोल गरेपनि एनआरटीका लागि अङ्क दिलाउन पर्याप्त भएन।

जितसँगै शीर्षस्थानमा उक्लिएको चर्च ब्वाइजले १५ खेलबाट २७ अंक जोडेको छ। समान खेलबाटै जावलाखेलको २४ अंक छ। पराजित एनआरटीको १५ खेलबाट १७ अंक छ।

त्यस्तै शनिबारनै दशरथ रङ्गशालामा भएको खेलमा मनाङले सातदोबाटोसँग गोलरहित बराबरी खेल्दै अङ्क बाँडेको छ। लगातार जितविहीन रहेको मनाङ पछिल्लो पाँचौ खेलमा पनि जित निकाल्न असफल रह्यो। दुबै टिमले गोलका केहि राम्रा अवसर चुकाउँदा सम्भावित तीन अङ्क गुमाएका थिए। बराबरीपछि सातदोबाटोले १५ खेलमा २३ अंक जोड्दा मनाङको समान खेलबाट १९ अंक रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित