Khabar Samachar

शरणार्थी प्रकरणमा तत्कालीन गृहसचिव प्रेम राईलाई २ करोड ३० लाख रुपैयाँ बुझाएको बयान

218
VIEWS

तत्कालीन गृहसचिव एवं हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राई नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रत्यक्षमा रुपमा मुछिएका छन्।

नक्कली शरणार्थी प्रकरणमा मुछिएर हाल अनुसन्धानको क्रममा प्रहरी हिरासतमा रहेका सानु भण्डारी, केशव दुलाललगायले बयानमा तत्कालीन गृहसचिव राईले आफूसँग नगद बुझेको दाबी गरेका छन्।

उनीहरुले आफूहरुले राईको गाडीको डिक्कीमा दुई करोड ३० लाख रुपैयाँ राखिदिएको बयान दिएका हुन्। राईले आफ्नो गाडीमा पैसा राखिदिन भन्दै थप कुरा तत्कालीन गृहमन्त्रीका सल्लाहकार इन्द्रजित राईसँग गर्न भनेको समातिएकाकाे दाबी छ।

उनीहरुले प्रहरी समक्ष दिएको बयान उद्धृत गर्दै स्रोतले देश सञ्चारसँग भन्यो, ‘उहाँको कार्यकक्षमा गएर कुराकानी गरेको र उनकै निर्देशनमा गाडीको डिक्कीमा दुई करोड ३० लाख रुपैयाँ राखिदिएका हौँ।’

गृह मन्त्रालयले राई गृहसचिव भएकै बेला २०७६ साल जेठमा तेस्रो देश जान बाँकी रहेका भुटानी शरणार्थीको पहिचान गर्न पूर्वसहसचिव बालकृष्ण पन्थीको अध्यक्षतामा कार्यदल गठन गरेको थियो।

उनी २०७४ चैत २६ देखि ७६ माघ २० सम्म गृहसचिव रहेका थिए। उक्त कार्यदल नै नक्कली भुटानी शरणार्थी बनाउने गिरोहको योजनाका भएको तथ्य सार्वजनिक भइरहेका बेला पक्राउ परेका उनीहरुले राईलाई मन्त्रालय नै पुगेर नगद बुझाएको बयान दिएका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित