Khabar Samachar

Search
Close this search box.

चन्द्रागिरिमा एक महिलाले गरिन् आफैंले आगो लगाएर आत्महत्या

210
VIEWS

काठमाडौंमा एक महिलाले आफ्नै जिउमा आगो लगाएर आत्महत्या गरेकी छन्।

जिल्ला प्रहरी परिसर (काठमाडौं) का सूचना अधिकारी एसपी सीताराम रिजालका अनुसार चन्द्रागिरि नगरपालिका–९, मच्छेगाउँमा डेरागरी बस्ने ३६ वर्षीया शान्ति श्रेष्ठले आफ्नो जिउमा पेट्रोल छर्की आफैँले आगो लगाएकी हुन्।

उनको उपचारका क्रममा आज (शनिबार) बिहान ३:२० बजे कीर्तिपुर बर्न अस्पतालमा मृत्यु भएको उनले जानकारी दिए।

रामेछापको मन्थली नगरपालिका–६ स्थित भलुवाजोर घर भएकी शान्ति मोहनकुमार श्रेष्ठकी श्रीमती हुन्। श्रीमान् मोहनकुमार प्यारालाइसिसका बिरामी छन्। उनी डेरा कोठामै सुतिरहेका बेला शान्तिले शुक्रबार दिउँसो २:४० बजे आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी थिइन्।

‘आगोले जल्दै डेरादेखि ५० मिटर बाटोमा आएर ढलेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए’, एसपी रिजालले भने, ‘प्रहरी र स्थानीय मिलेर आगो निभाई उपचारका लागि अस्पताल लगेका थिए।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित