नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल अस्पताल भर्ना भएका छन्।

ज्वरोसँगै शारीरिक कमजोरी भएका कारण नेपाल बुधबार साँझ ७ बजे त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका हुन्।

अस्पतालका निर्देशक डा. दिनेश काफ्लेका अनुसार नेपाललाई ज्वरो र शारीरिक कमजोरीको समस्या छ।

अध्यक्ष नेपालको स्वास्थ्य अवस्था सामान्य रहेको र केही दिन आरामसहित उपचार गर्नुपर्ने सल्लाह चिकित्सकहरुले दिएका उनको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय