नेकपा माओवादी केन्द्रको भातृ संगठन, अनेरास्ववियू (क्रान्तिकारी) को २२ औं सम्मेलन आजबाट सुरू हुने भएको छ। भातृ संगठन अखिल क्रान्तिकारीको राष्ट्रिय सम्मेलनबाट सर्वसम्मत नेतृत्व चयन गर्न  विद्यार्थी नेतालाई दबाब दिएको छ। तर, विद्यार्थी नेता भने चुनावको पक्षमा देखिएका छन्।

सम्मेलनले नयाँ नेतृत्व चयन गर्ने भएको छ। अहिलेका उपाध्यक्ष सुरेन्द्र बस्नेतसहित ६ जना आगामी नेतृत्वका लागि आकांक्षी छन्।

पञ्चा सिंह, दिपक देवकोटा, तिलक भण्डारी, उत्तम अधिकारी र विजय गौतम अध्यक्षका लागि आकांक्षी छन्।

अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ अब संगठनबाट बाहिरिँदैछन्। प्रचण्डले गत मंगलबार अध्यक्षका ६ जना आकांक्षी सबैलाई बोलाएर सर्वसम्मत नेतृत्व टुंगो लगाउन आग्रह गरेका थिए। प्रचण्डले तामाङसहित अध्यक्षका प्रत्यासी तिलक भण्डारी, सुरेन्द्र बस्नेत, पञ्चा सिंह, दीपक देवकोटा, उत्तम अधिकारी र विजय गौतमलाई बोलाएर छलफल गरेको खुमलटार स्रोतले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय