तस्बिर : इपिएल

एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगितामा चितवन टाइगर्सले लगातार दोस्रो खेलमा जित निकालेको छ।  जितसँगै चितवन अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।  कीर्तीपुरस्थित त्रिवि क्रिकेट मैदानमा भइरहेको प्रतियोगितामा टस जितेर बलिङ रोजेको चितवनले ८ बल बाँकी रहँदा काठमाडौंले दिएको १४२ रनको लक्ष्य चेज गर्दै रोमाञ्चक जित निकालेको हो ।

चितवनको जितमा कमल सिंह ऐरी र राजेश पुलमी मगरले ८औं विकेटका लागि ४७ रनको उत्कृष्ट साझेदारी गरे । त्यस्तै व्याटिङमा दलिप नाथले २६ बलमा ४ चौका र १ छक्कासहित २३ रन, कारिम जनत १४ बलमा ३ चौका र १ छक्का सहित २१ रन र मोहमद साहजाद १३ बलमा १७ रन जोडे ।

बलिङतर्फ सागर ढकालले चार ओभरमा २१ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । काठमाडौंको बलिङमा जितेन्द्र मुखिया र रयाल वु्रर्लले समान २ विकेट लिए । भने, रयान वुर्ल, सन्दीप लामिछाने, गुलशन झा र जनक प्रकासले १/१ विकेट लिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय