बिहीबार अखिल क्रान्तिकारीको २२औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले उत्तराधिकारी घोषणा गर्ने गल्ती आफूले नगर्ने बताएका छन् । यद्यपि विचार, राजनीति र योजनासहित आए र पार्टीले पास गरे नेतृत्व छाड्न तयार रहेको उनले बताए ।

प्रचण्डले एकपटक फेरि माओवादी जाग्नुपर्ने बेला आएको पनि बताए। ‘यो परिवर्तन हामीले ल्याएका हौं भनेर दह्रोसँग भन्न पर्‍यो। प्रतिक्रियावादी, जाली, फटाहा, निरंकुसतावादीका विरुद्ध उभिनु पर्‍यो,’ प्रचण्डले भने।

नेतृत्व आकांक्षीहरुलाई आग्रह गरे, ‘विचार राजनीति, योजना सहित आउनुस् । राम्रो भयो, पार्टीले पास गर्‍यो भने उत्तराधिकारी घोषणा गरेर हिँड्छु । तर माओले लिनप्याओले गरे जस्तो अहिले उत्तराधिकारी घोषणा गर्ने गल्ती नगर्ने उनले बताए । प्रचण्डले अघि भने, लिनप्याओलाई उत्तराधिकारी भनेको त त्यही माओलाई गोली हान्न हिँड्यो । उत्तराधिकारी भनेको त काल हो । म किन भन्ने त्यो भन्दिनँ । राम्रो काम गरेर आउने साथीहरुलाई बाटो छोडिदन्छु ।’

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय