Khabar Samachar

नेपाल एमेच्योर ओपनको उपाधि भारतका सुमितलाई

210
VIEWS
काठमाडौं: जेठ १७: नवौं संस्करणको नेपाल एमेच्योर ओपन गल्फ प्रतियोगिताको उपाधि भारतका सुमित कोटवालले जितेका छन्। नेपाल नम्बर एक एमेच्योर गल्फर सुबाश तामाङलाई एक स्ट्रोकले हराउँदै सुमितले उपाधि जितेका हुन्। गोकर्ण गल्फ क्लबमा भएको प्रतियोगिताको अन्तिम दिन १-अन्डर ७१ को स्कोरमा सुमितले समग्रमा १३-अन्डर २सय ३ को नतिजामा उपाधि जितेका हुन्। पहिलो दिनका लिडर सुबाशले २-अन्डर ७० को कार्डसहित समग्रमा १२-अन्डर २ सय ४ सहित मात्रएक स्ट्रोकले पछि पर्दै दोस्रो भए।
युवागल्फर सदभाव आचार्यले दिनकै उत्कृष्ट ३-अन्डर ६९ को स्कोर बनाए। समग्रमा १०-अन्डर २ सय ६ सहित तेस्रो भए। भारतीय बरूण मुथाप्पाले आजइभन-पार ७२ माखेल सकउँदा समग्रमा २-अन्डर २सय १४ सहित चौथो स्थानमा खेल सकाए।
समग्रमा१-ओभर २ सय १७ सहित भुटानका उगेन दोर्जी र नेपालका टासीछिरिङ संयुक्तरुपमा पाँचौ भए। समग्रमा ३-ओभर २ सय १८ को स्कोरमा नेपालका वाङचेन ढोन्डुप सातौं हुँदा बंगलादेशका मोहम्मद सुमोन आठौं भए। उनले समग्रमा ३-ओभर २सय १८ स्कोर गरे। त्यसैगरी समग्रमा १०-ओभर २सय २६ सहित भारतका सुरज जोशी, बंगलादेशका सफिकुल इस्लाम र पाकिस्तानका उमैरसलिमले संयुक्तरुपमा १०औं स्थान बाँडे।
दोस्रो दिनका लिडर भारतीय सुमितसँग अन्तिम १८ होलको सुरूवात गर्दा दुई स्ट्रोकको अग्रता थियो। सुमितले फ्रन्ट नाइन १-ओभर ३७ मा सकाए। पहिलो, तेस्रो र छैटौं होलमा एक-एक सट बचाए। तर दोस्रो, पाँचौ, सातौं र आठौं होलमा बोगी खेपे। यो स्कोरमा सुमितलाई सुबाशले फ्रन्ट नाइनमा एक स्ट्रोकले पछिसमेत पारेका थिए। तर यसपछिब्याक नाइनमा सुमितले १२औं,१३औं, १४औंर १५ औं होलमा बर्डीको सफलता प्राप्त गरे। १७औं र १८औं होलमा एक-एक सटखेर फाले। ब्याक नाइन २-अन्डर ३४ मा पुरा गर्दैएक स्ट्रोकको जितकासाथ च्याम्पियन बने।
टिममा स्वर्ण जितिसकेका सुबाशले व्यक्तिगततर्फ पनि स्वर्ण जित्नेअपेक्षा गरिएको थियो। सोही अनुरूप फ्रन्टनाइन २-अन्डर ३४मा सकाए। चौथो,पाँचौ रछैटौं होलमा बर्डी प्रहार गरे भने सातौंहोलमा एक सट खेरफाले। ब्याक नाइनमा सुबाशले लय गुमाए। १२ औंहोलमा एक सट बचाएतर १७ औं होलमा डबल बोगीको सामना गरे। यो नैहारको कारण बन्यो। यसपछि१८औं होलमा बर्डी प्रहार गरे र ब्याकनाइन इभन पार ३६मा सकाउँदै दोस्रो स्थानमा चित्त बुझाए।
सदभावलेफ्रन्ट नाइन ३-अन्डर३३ मा पुरा गरे।पहिलो र तेस्रो होलमाबर्डी प्रहार गरेका उनले पाँचौं होलमाबोगी खेपे। तर ५-पारकोसातौं होलमा इगलको सफलता प्राप्त गरे। यसपछि १५औंहोलको बर्डी र १८औं होलकोबोगीले ब्याक नाइन इभन-पार३६ मा सकाए।
महिलातर्फकश्मीरा शाहले उपाधि जितिन्। आज ४-ओभर७६ को स्कोरमा उनलेसमग्रमा १८-ओभर २सय ३४ सहित ५स्ट्रोकको अग्रतामा उपाधि जितिन्। सुष्मा सिग्देल दोस्रो भईन्। ६-ओभर ७८सहित समग्रमा २३-ओभर २सय ३९ को स्कोरगरिन्। २ सय ७२सहित आईन्स्टिना टण्डनले तेस्रो स्थान हात पारिन्।
प्रतियोगिताकोटिमतर्फ नेपालले स्वर्ण, भारतले रजत र भुटानलेकास्य पदक प्राप्त गर्यो।यो प्रतियोगितामा सुबाशले एक-एक स्वर्णर रजत तथा सदभावलेदुई रजत नेपाललाई दिलाए।प्रतियोगिताका विजयी खेलाडीहरुलाई राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ, माउन्टेन स्पोर्टस फाउन्डेसनका अध्यक्ष गोबिन्द भट्टराई, नेपाल गल्फ संघका अध्यक्षटासी घले, उपाध्यक्षद्वय पवित्रकुमार कार्की र फुर्साङ लामालेविजयी खेलाडीहरुलाई पुरस्कार वितरण गरे।
नेपाल गल्फ संघ र नेपालटुरिजम बोर्डको सम्युक्त आयोजनामा सम्पन्न प्रतियोगितामा नेपाल, बंगलादेश, भुटान, भारत र पाकिस्तानका ५१ खेलाडीको सहभागिता रहेको थियो। प्रतियोगिता आयोजनाको लागि राष्ट्रिय खेलकूदपरिषद्, वागमती प्रदेश खेलकूद विकास बोर्ड, गोकर्ण फरेस्ट गल्फ रिसोर्ट रहोटल रोयल सिंगीको सहयोगरहेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित