तस्बिर : एन्फा

शुक्रबारदेखि माल्दिभ्समा सुरु साफ च्याम्पियनसिपको १३औं संस्करणमा नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई १-० ले पराजित गरेको छ । मनिस डाँगीले गरेको एक मात्र गोल मद्दतमा नेपालले साफ च्याम्पियनसिपमा विजयी सुरुआत गरेको गरेको छ । खेलको अधिकांश समय माल्दिभ्सले बल पोसेसन जमाएपनि नेपाली  डिफेन्सलाई तोड्न सकेन। ११औं मिनेटमा सुजल श्रेष्ठको लामो दुरीको प्रहारलाई माल्दिभ्सका गोलरक्षक मोहमद फैसलले सहजै बचाए।

६९औं मिनेटमा नवयुग श्रेष्ठको स्थानमा मैदान प्रवेश गरेका डाँगीले ८६औं मिनेटमा निर्णायक गोल गरेका थिए । विशाल राईले उपलब्ध गराएको पासमा मनिषले ८६ मिनेटमा उत्कृष्ट फिनिसिङ गरेका थिए। सुरुवातदेखि नेपालमाथि हाबी भएको माल्दिभ्सका अली अस्फाक पाएका अवसरमा चुकेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय