चितवन टाइगर्सले एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगितामा लगातार तेस्रो जित हात पारेको छ। मोहम्मद शहजादको अविजित अर्धशतकप्रेरित चितवन टाइगर्स शुक्रबार भएको खेलमा पोखरा राइनोजलाई ९ विकेटले पराजित गर्दै एभरेष्ट प्रिमियर लिग (ईपीएल) को प्ले अफमा पुगेको छ । चितवनले ओपनर मोहम्मद शाहजाद र युवा ब्याटर भीम सार्कीको अविजित शतकीय साझेदारीमा पोखरा राइनोजलाई ९ विकेटले हराएको हो।

जितको लागि १ सय २४ रनको विजयी लक्ष्य पछ्याएको चितवनले १६.४ ओभरमा १ विकेट गुमाउँदै पूरा गर्यो।

चितवनका ओपनर शाहजाद ६३ रनमा अविजित रहे। उनले ५२ बलमा ७ चौका र २ छक्का प्रहार गरे। यता, सार्की ५२ रनमा अविजित रहे। उनले ४२ बलमा ५ चौका र २ छक्का प्रहार गरे।

दोस्रो विकेटका लागि सार्की र शाहजादले १ सय २२ रनकोे अविजित शतकीय साझेदारी गर्दै जित पक्का गराए।

पहिले ब्याटिङ गरेको पोखराले २० ओभरमा ७ विकेटको क्षतिमा १२३ रन मात्र जोड्न सक्यो।

उसका लागि विवेक यादवले नटआउट ५३ रन जोडे। उनले ४५ बलमा ३ चौका र ३ छक्का हिर्काए। असेला गुणरत्नेले २५ रनको योगदान दिँदा अन्य ब्याट्सम्यान सस्तैमा आउट भए।

बलिङमा चितवनका कमल ऐरी र सहाब अलामले २-२ विकेट लिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय