त्रिभुवन आर्मी क्लब राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको पुरुषतर्फको च्याम्पियन बनेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न खेलमा हेल्प नेपाललाई ३–१ को सेटमा पराजित गर्दै आर्मी च्याम्पियन बनेको हो।

प्रतिस्पर्धात्मक बनेको पहिलो सेटमा आर्मीले २६–२४ को जित निकालेको थियो। यस्तै, आर्मीले दोस्रो सेट १७–२५ ले गुमाएको थियो।

तेस्रो सेट २५–१८ जित्दै आर्मी जित नजिक पुगेको थियो। चौथो सेटमा हेल्प नेपालले २५–२४ को अग्रता लिएको थियो।

तर, त्यसलाई जोगाउन नसक्दा आर्मीले ३३–३१ले आफ्नो पक्षमा पार्दै च्याम्पियन बन्न सफल भयो।

सुरुआतदेखि नै उपाधि दाबेदार मानिएको हेल्प नेपाललाई पराजित गर्दै च्याम्पियन बनेको आर्मीले उपाधिसहित ४ लाख नगद पुरस्कार प्राप्त गरेको छ । यस्तै, दोस्रो हुने हेल्प नेपालले २ लाख र तेस्रो नेपाल पुलिस क्लबले १ लाख रूपैयाँ प्राप्त गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय