न्यू डायमन्ड स्पोर्ट्स क्लबले छैटौं एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फको उपाधि जितेको छ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा शनिबार सम्पन्न खेलमा चिरपरिचित प्रतिद्वन्द्वी नेपाल एपीएफ क्लबलाई ३-१ को सेटमा हराउँदै न्यू डायमन्ड च्याम्पियन बनेको हो।

सुरुवाती समयमा ६-२ ले अग्रता लिए पनि त्यसलाई जोगाउन नसक्दा न्यू डायमन्डले पहिलो सेट २४-२६ ले गुमाएको थियो।

न्यू डायमन्डले लगातार तीन सेट आफ्नो पक्षमा पार्न सफल भयो। दोस्रो सेटमा २५-२१ र तेस्रो सेट न्यू डायमन्डले २५-१७ ले आफ्नो पक्षमा पार्यो।

चौथो सेट न्यू डायमन्डले २५-१५ ले आफ्नो पक्षमा पार्दै च्याम्पियन बन्यो।

उपाधिसँगै डायमन्डले चार लाख रुपैयाँ हात पारेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय