नेपालीका कांग्रेस काठमाडौंको शंखरापुर नगर समिति सभापतिमा नेता प्रकाशमान सिंह निकट दिलीपकुमार श्रेष्ठ विजयी भएका छन् ।

श्रेष्ठले ८६ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी सत्यमान लामाले ६८ मत ल्याए । त्यस्तै, उपसभापतिमा श्रेष्ठकै प्यानलका मिलन खड्का ८६ र अमित प्रधान ८२ मत ल्याएर विजयी भएका छन् ।

सचिवमा रनबहादुर तामाङ र स्वयम्भुलाल श्रेष्ठ विजयी भए । सहसचिवमा वसन्त थिङ र श्रीराम लामिछाने निर्वाचित भएका छन् ।

सामाजिक कार्यमा रुची राख्ने श्रेष्ठले २०७२ सालको विनासकारी भूकम्पमा राहत उद्दार लगायतको कार्यमा प्रत्यक्ष रुपमा संलग्न रहेका श्रेष्ठ शंखरापुर नगरपालिकाको बिलयको बिरुद्दमा नगरपालिका पुनर्स्थापनाको लागि शंखरापुर नागरिक समाज गठन गरि आन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए ।श्री माधब नारायण स्वस्थानी ब्रत कथा तथा सालिनदी सुधार समितिको २०७१/ २०७२ गरि दुइ वर्ष अध्यक्ष रहदा सालिनदी क्षेत्रमा उल्लेखनीय काम गरि आफ्नो कार्यकाल सफल बनाएका थिए ।सहयोगी ,उदार हृदय भएका श्रेष्ठ निडर स्पस्ट बक्ताको रुपमा परिचित छन । उनले राजनीति शास्त्रमा स्नातकोत्तर सम्म अध्ययन गरेका छन। उनि शंखरापुर च्याम्बर अफ कमर्सको अध्यक्ष समेत हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय