नेपाली कांग्रेस तारकेश्वर नगरपालिका सभापतिमा कृष्णप्रसाद सिटौलानिकट कृष्णहरि महर्जन बिजयी भएका छन्।

महर्जनले १३५ मत ल्याएर सभापति जिते भने उनका निकटतम प्रतिद्वन्द्वी श्रीराम थापाले ११४ र मुकुन्द तिमिल्सिनाले २ मत मात्रै ल्याए।

उपसभापतिमा १२३ मतसहित जमुना तिमिल्सिना र १२५ मतसहित नवराज अर्याल विजयी भएका छन्।

सचिवमा राजु फुँयाल र शंकर तिमिल्सिना विजयी भए भने सहसचिवमा सरस्वती पौडेल र अप्सरा खड्का निर्वाचित भएका छन्। यहाँ शनिबार अधिवेशन भएको थियो।

उनको राजनीतिक क्षेत्रसँगै सामाजिक क्षेत्रमा पनि ठूलो योगदान रहेको छ । कुशल राजनीतिज्ञ मात्र नभएर उनी एक क्रियाशील सामजसेवीका रुपमा पनि तारकेश्वर क्षेत्रमा चिनिन्छन् । कोरोना महामारीको समयमा उनले झन्डै ८ सय भन्दा बढी परिवारलाई खाद्यान्न वितरण गरेका थिए । यसका अतिरिक्त महर्जनले सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीमा बाढी पहिरोले ठूलो क्षति पु-याएसँगै विस्थापित हुन पुगेकालाई उनीहरूको घर दैलोमा पुगी राहतका प्याकेज वितरण गरेका थिए । तारकेश्वरको ऐतिहासिक धार्मिक स्थल मनमैजु मन्दिरमा दान दक्षिणा लगायतको सहयोग गर्दै आएका महर्जन सामाजिक काममा निरन्तर क्रियाशील छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय