नेपाली कांग्रेसको बुढानीलकण्ठ नगर सभापतिमा नेता गगन थापा निकट राजाराम बुढाथोकी निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा उनी १५५ मत ल्याई विजयी भए ।सभापति पदका प्रत्यासी राजन बुढाथोकीले ६८ र राजुबिक्रम थापाले ४८ मत ल्याए ।
उपसभापतिमा सानुकान श्रेष्ठ र शम्भु कार्की निर्वाचित भएका छन् । सचिवमा विजेन्द्र पुडासैनी र विजेन्द्र श्रेष्ठ, सहसचिवमा कुमार खड्का र निर्मला आचार्य पौडेल निर्वाचित भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय