नेकपा एमालेको दशौं महाधिवेशन बुटवलमा हुने भएको छ । आइतबार गोदावरीमा सकिएको पहिलो विधान महाधिवेशनको समापन गर्दै अध्यक्ष केपी शर्मा ओलीले कुनै परिर्वतन भएन भने बुटवलमा महाधिवेशन हुने बताए ।एमालेको महाधिवेशन मंसिर तेस्रो साता तोकिएको छ ।

गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा सम्पन्न महाधिवेशनको समापन समारोहमा अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय महाधिवेशन बुटवलमा हुने घोषणा गरेका हुन् । अबको एमालेको अभियान सबै तहका अधिवेशनहरु सम्पन्न गरेर दशौं राष्ट्रिय महाधिवेशनमा केन्द्रित हुने र आगामी तीनै तहका निर्वाचनमा पार्टीको बहुमत ल्याउनेमा केन्द्रित रहने निर्णय भएको केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय