Khabar Samachar

सन्दीपको मुद्दामा बादी पक्षलाई एकलाख क्षतिपूर्ति दिलाउन अदालतको आदेश

232
VIEWS

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछानेको बलत्कार मुद्दामा सोमबार जिल्ला अदालत काठमाडौँले वादी पक्ष (गौशाला-२६) लाई १ लाख क्षतिपूर्ती दिलाउन आदेश दिएको छ। गौशाला २६ लाई अन्तरिम क्षतिपूर्ति दिलाउन न्यायधीस प्रकाशप्रसाद पण्डितको इजलासले आदेश दिएको हो।

गौशला २६ ले करिब ३६ हजारको बिल पेश गरेपनि अदालतले माग गरेबमोजिम अस्पतालले डक्टर प्रतिबेदन पठाएपछि आजका लागि सुनुवाई तोकिएको थियो। वादी पक्षले क्षतिपूर्तीका सन्दीप सँग १० लाख माग गरेपनि अदालतले खारेज गरेको थियो। यद्यपि पिडित राहतकोसमार्फत सर्वोच्चले क्षतिपुर्तिको विषय उठाएको थियो। जसका कारण वादी पक्षले क्षति पूर्तीमाग गर्दै पुन जिल्ला अदालतमा निवेदन दिएका थिए।

अदालते पीडितको मानसिक र शारिरिक परिक्षण गर्ने चिकित्सकबाट अनुमानित के कति खर्च पर्न सक्छ चिकीत्सकबाट प्रतिवेदन मगाएर अदालतमा पेश गर्नु भनी आदेश दिएको थियो। अस्पतालले पठाएको डक्टर प्रतिबेदनमा शारिरिक परिक्षणबापत प्रति परिक्षण १०४७ (एकहजार सट्चालिस) लाग्ने जनाएको छ।मानसिक काउन्सिलिङका लागि प्रति सेसन १५०० लाग्ने प्रतिवेदन अदालतलाई पठाएको छ। अस्पतालले पठाएको प्रतिवेदनमा भविष्यमा के-कति खर्च लाग्छ अहिलेनै एकिन गर्न नसकिने जनाइएको थियो।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:
प्रतिक्रिया दिनुहोस

Discussion about this post

सम्बन्धित समाचार

Related Posts

ट्रेन्डिङ
भर्खरै प्रकाशित