फिफाको पूर्वरेफ्री तथा रेफ्री एसोसिएसन नेपालका महासचिव लव खत्रीको निधन भएको छ। खत्रीको ५० वर्षको उमेरमा सोमबार निधन भएको छ ।सोमबार बिहान वाथरुममा लडेपछि उपचारका लागि नख्खुस्थित मेडिसिटी हस्पिटल पुर्‍याइएपछि उनको निधन भएको अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ ।

खत्री बिहान मर्निङवाकबाट फर्किएपछि बाथरुम छिरेका थिए । त्यसको केही क्षणमा उनी बाथरुमको ढोकामा अचेत अवस्थामा फेला परेका थिए ।

उनले ए डिभिजन क्लबहरु थ्री स्टार, जावलाखेल युथ र फ्रेन्ड्सबाट फुटबल खेलेका थिए ।

फुटबल खेलाडी हुँदै रेफ्री बनेका खत्रीले सन् २००८ मा फिफा रेफ्रीको ब्याच प्राप्त गरेका थिए ।

खत्री पछिल्लो समय रेफ्री इन्स्ट्रक्टरको रूपमा काम गर्दै आएका थिए। सन् २०१८ मा उमेर हदका कारण उनले फिफा रेफ्रीबाट अवकास पाएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय