फोटो : एन्फा

साफ च्याम्पियनसिपमा आफ्नो दोस्रो खेलमा नेपालले सोमबार श्रीलंकालाई ३-२ गोलको नतिजामा पराजित गरेको छ । माल्दिभ्सको मालेमा भएका भएको खेलको सुरुआतमा श्रीलंकाले दबाब बनाए पनि ३३औं मिनेटमा सुमन लामाले गोल गरेसँगै नेपालले खेलमा पकड बनाएको थियो ।

मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा सोमबार सम्पन्न खेलमा श्रीलंकालाई ३-२ गोलअन्तरले पराजित गर्दै नेपाल शीर्षस्थानमा पुगेको हो।

निकै प्रतिस्पर्धात्मक भएको खेलमा श्रीलंकाले सुरुआतदेखि नै नेपालमाथि दबाब राख्न खोजे पनि नेपालले बल पोजेसनमा भने सुरुआतदेखि अन्तिमसम्म नै पकड राख्यो ।

मालेस्थित नेशनल स्टेडियममा भएको खेलको ३१औं मिनेटमा सुमन लामाले गोल गर्दै नेपाललाई अग्रता दिलाएका थिए । राष्ट्रिय टिमका लागि सुमनको यो पहिलो गोल हो । पहिलो हाफमा नेपालले अग्रता कायमै राख्‍यो ।

दोस्रो हाफको सुरुमै नेपालले गोल थप्यो । ५०औं मिनेटमा अन्जन विष्टले गोल गर्दै नेपालको अग्रता दोब्बर पारे । अन्जनले रिबाउण्ड बलमा गोल गरेका हुन् ।

५६औं मिनेटमा श्रीलंकाका ह्यामिल्टनले गोल गर्दै गोल अन्तर कम पारेका थिए । त्यसपछि दुवै टिमले खेलमा गोल गर्ने केही अवसर पाए पनि सदुपयोग गर्न सकेनन् ।

सन्तोष तामाङले श्रीलंकन गोलकिपर सुजन परेरासँग वान भर्सेस वानमा गोल गर्न सकेनन् । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका आयुष घलालनले ८३औं मिनेटमा गोल गर्दै नेपाललाई ३-१ को अग्रता दिलाए । त्यसअघि पनि उनले गोलको अवसर पाए पनि सदुपयोग गर्न सकेनन् । आयुषले राष्ट्रिय टिमका लागि गरेको यो पहिलो गोल हो ।

इन्जुरी टाइमको तेस्रो मिनेटमा श्रीलंकाका डिलोन डे शिल्भाले गोल गर्दै गोल अन्तर घटाए पनि हार टार्न पर्याप्त भएन । शिल्भाले पेनाल्टीमा गोल गरेका हुन् ।

शुक्रबार भएको पहिलो खेलमा नेपालले साविक विजेता तथा आयोजक माल्दिभ्सलाई १-० गोलको नतिजामा पराजित गरेको थियो । नेपालले साफ च्याम्पियनसिपमा पहिलो पटक माल्दिभ्सलाई पराजित गर्न सफल भएको हो ।

श्रीलंका पनि सोही दिन- शुक्रबार भएको उद्‍घाटन खेलमा बंगलादेशसँग पराजित भएको थियो । सोमबार भएको पहिलो खेलमा भारत र बंगलादेशले १-१ गोलको बराबरी खेलेका थिए । १-० गोलको नतिाजमा पछाडि परेको बंगलादेशले ५४औं मिनेटमा एक खेलाडीलाई रातो कार्डको कारण गुमाएको थियो ।

यद्यपि, ७४‍औं मिनेटमा बराबरी गर्दै खेलमा बराबरी गर्न सफल रह्यो । नेपालले २ खेलबाट ६ अंक जोडेर शीर्ष स्थान कब्जा गरेको छ भने समान खेलमा ४ अंक जोडेको बंगलादेश दोस्रो स्थानमा छ । एक खेलमा १ अंक जोडेको भारत तेस्रो र १ खेलमा अंकविहीन माल्दिभ्स चौथो स्थानमा छ । दुई खेलमा अंकविहीन श्रीलंका अन्तिम (पाचौं) स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय