पूर्व सांसद तथा सिभिल ग्रुपका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन्। तामाङलाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले सोमबार सुन्धाराबाट पक्राउ गरेको हो। सिभिल सहकारी अध्यक्ष समेत रहेका तामाङलाई बैंकिङ कसुरसम्बन्धी घटनामा अनुसन्धानका लागि पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का प्रमुख धिरतप्रताप सिंहले जानकारी दिए ।

उनका अनुसार सहकारीमार्फत ४६ करोड ठगी गरेको भन्दै सीआईबीमा किटानी जाहेरी परेको छ । तामाङमाथि चिठ्ठा, घरकर्जा लगायतका आकर्षक अफर देखाएर ठगी गरेको तथा सहकारीको पैसा व्यक्तिगत र्फममा लगानी गरेको आरोप पनि छ ।

तामाङ विरुद्ध विभिन्न व्यक्तिबाट ठगीको उजुरी परेकाले आवश्यक अनुसन्धानका लागि नियन्त्रणमा लिइएको ब्युरोका डीआईजी धीरजप्रताप सिंहले बताए।

निक्षेपकर्ताहरूले ब्युरोमा जाहेरी दिएको सिंहले जानकारी दिए। तामाङले उक्त सहकारीमा आफूखुसी ऋण प्रवाह गरेको जाहेरीमा उल्लेख छ।

‘हालसम्म ४६ करोड रुपैयाँ ठगीको निवेदन परेको छ, निवेदन आजै दर्ता भएको हो,’ सिंहले भने।

३१ करोड २४ लाख ५७ हजार ९ सय रुपैयाँ शेयर पुँजी रहेको सिभिलले ८ अर्ब ३५ करोड १० लाख ८ हजार रुपैयाँभन्दा धेरै कर्जा लगानी गरेको छ।

सर्वसाधारणको ८ अर्ब रुपैयाँ निक्षेप लिएर इच्छाराजले ७ अर्ब रुपैयाँभन्दा बढी आफैंले कर्जा लिएका छन्।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय