गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा डा. बद्री केसीले उम्मेदवारी घोषणा गरेका छन्।

एनआरएनएको वर्तमान कार्यसमितिको उपाध्यक्षसमेत रहेका केसीले संस्थालाई अझ उचाइमा शसक्त भूमिका खेल्ने बताए।

गैरआवासीय नेपालीको हकहितका लागि आफूले सक्दो पहल गर्दै आएको उनले बताए। उनले वैदेशिक रोजगारीको क्षेत्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन सरकार, कूटनीतिक नियोग लगायतसँग सहकार्य गर्ने बताए। रोजगारीका लागि विदेशमा रहेका श्रमिकहरुलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोष तथा पेन्सन फन्डमा सहभागी गराउन पहल गर्ने बताए।

केसीले विदेशमा बस्ने नागरिकलाई नेपालको निर्वाचनमा मतदान गर्ने व्यवस्था मिलाउन पहल गर्ने, नेपाल बौद्धिक प्रतिभाहरुको मुहान र गन्तव्य दुवै भएको सन्देश प्रवाह गर्ने तथा थिंक ट्यांकसँग सहकार्य गर्ने उल्लेख गरे।

व्यवस्थित र सुरक्षित वैदेशिक रोजगारी, नेपालमा लगानी तथा एनआरएनए डेभलपमेन्ट फन्ड, गैरआवासीय नेपालीको हक अधिकारलाई मुख्य एजेन्डा बनाएका छन् ।गैरआवासीय नेपाली र वैदेशिक लगानी आकर्षित गर्न दोहोरो कर छुट सम्बन्धी सम्झौता गर्न सरकारसँग पहल गर्ने,  एनआरए का पञ्जीकृत सदस्यको वृद्धि गर्ने, विद्यार्थीलाई पनि एनआरएनएमा परिभाषित गरी समेट्न पहल गर्ने उनको प्रतिवद्धता छ।

उनकै नेतृत्वमा नेपालमा स्वास्थ्य सम्बन्धी राहतका सामग्री अक्सिजन सिलिन्डर तथा कन्स्नरटेटर ल्याइएको थियो भने सात वटै प्रदेशमा एक–एक अक्सिजन प्लान्ट स्थापना हुँदैछ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय