मन्त्रिपरिषद् बैठकले पुँजी बजारको नियमनकारी निकाय नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानालाई बर्खास्त गरेको छ । पूर्वन्यायाधीश अनन्तराज डुम्रे नेतृत्वको जाँचबुझ समितिको सिफारिसअनुसार अध्यक्ष ढुंगानालाई बर्खास्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

पदको दुरुपयोग गर्दै छोरीको नाममा शेयर नामसारी गराएको आरोप लागेपछि सरकारले ढुंगानामाथि जाँचबुझ गर्न समिति गठन गरेको थियो । उक्त समितिको सिफारिसका आधारमा बर्खास्त गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

सर्वोत्तम सिमेन्टको सेयरमा धितोपत्र बोर्डका अध्यक्ष ढुंगानाले पदीय मर्यादा नाघेर कानुनविपरीत छोरीको नाममा १० हजार कित्ता सेयर खरिद गरेको आरोप लागेको थियो। सर्वोत्तम सिमेन्टलाई बुक बिल्डिङ प्रणालीमा आईपीओ जारी गर्न अनुमति दिनुभन्दा करिब तीन साताअघि अध्यक्ष ढुंगानाकी छोरीले उक्त सेयर किनेको देखिएपछि ढु‌गाना विवादमा तानिएका थिए।

धितोपत्र बोर्डको कार्यालयको लागि जग्गा खरिद गर्दासमेत उनी अनियमिततामा मुछिएका थिए। सेयर बजारमा सूचीकृत ५१ कम्पनीको खराब रहेको सूची प्रकशित गर्नुमासमेत उनको स्वार्थ रहेको प्रतिवेदन छानबिन समितिले बुझाएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय