एभरेस्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेट प्रतियोगिताको फाइनलमा चितवन टाइगर्स प्रवेश गरेको छ। चितवन इपिएलमा पहिलो पटक फाइनलमा पुगेको हो।

बुधबार भएको पहिलो क्वालिफायरमा पोखरा राइनोजमाथि ९ विकेटको जित निकाल्दै चितवन उपाधि नजिक पुगेको हो।

पोखराले दिएको ६७ रनको झिनो लक्ष्य चितवनले ७.५ ओभरमा १ विकेटको क्षतिमा पूरा गर्‍यो। चितवनका लागि ओपनर मोहमद साहजादले ४८ रन जोडे। उनले २६ बलमा ७ चौका र २ छक्का हिर्काए। हसिम अन्सारीले नटआउट १४ रन जोडे।

त्यसअघि पोखराले खराब ब्याटिङ गरेको थियो। पोखरा १५ ओभरमा ६६ रनमै अलआउट भएको थियो। ओपनरद्वय रिचार्ड लेभीले १९ रन र सुनील धमलाले १८ तथा  सुसन भारीले १२ रन जोड्दा अन्य ८ ब्याट्सम्यानले दोहोरो अंकमा रन बटुल्न सकेनन्।

पोखराको इनिङ ध्वस्त पार्ने क्रममा चितवनका स्पिनरद्वय सागर ढकाल र सहाब अलामले ४-४ विकेट लिन सफल भए। सागरले ४ ओभरमा १४ रन र सहाबले  १० रन खर्चिए। कप्तान सोमपाल कामी र करिम जनतले १-१ विकेट लिन सफल भए।

तीन रन जोड्दा चार विकेट गुमाएको पोखराका लागि अन्य ब्याट्म्यानले १० को आँकडा पार गर्नै मुश्किल परेको थियो । कप्तान तथा विकेटकिपर ब्याट्सम्यान विनोद भणडारी गोल्डेन डक हुँदा असेल गुणारत्ने १ रनमा पेभेलियन फर्के । यस्तै, सहान अराचिगे ३ रनमा आउट हुँदा विवेक यादव २, लोकश बम ५ र नन्दन यादव शून्य रनमा सीमित भए ।

यस्तै, सुशन भारी १२ रन बनाएर पेभेलियन फर्किँदा किशोर महतो रनमा अविजित रहे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय