प्रदेश नम्बर २ का मुख्यन्त्री लालबाबु राउतले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । जसपा विभाजनपछि उनले संवैधानिक प्रावधानअनुसार विश्वासको मत लिएका हुन् ।

प्रदेशसभामा भएको मतदानमा राउतको पक्षमा ७७ मत परेको छ । यो कुल प्रदेशसभा सदस्य संख्या १०४ को दुईतिहाइ हो ।

राउतलाई उनकै दल जसपासँगै सरकारमा रहेका नेपाली कांग्रेस र माओवादी केन्द्र तथा पाँच दलीय गठबन्धनमा रहेको एकीकृत समाजवादीका सांसदहरुले मत दिएका छन् ।

उनको विपक्षमा २३ मत परेको छ । राउतको विपक्षमा लोसपा र नेकपा एमालेका सांसदहरुले मत दिएका हुन् । बुधबारको मतदानमा प्रदेशसभाका १०० सदस्यले भाग लिएका थिए ।

प्रदेश नम्बर २ को प्रदेशसभा जम्मा १०८ सदस्यीय रहेकामा चार जना माओवादी सांसदले एमाले रोजेर कारवाहीमा हाल १०४ सांसदमात्र छन् । तीमध्ये ४ जना अनुपस्थित हुँदा राउतको पक्षमा दुई तिहाई वहुमत आएको हो । उनको पक्षमा जसपा,कांग्रेस,नेकपा एस उभिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय